Comments Add Comment

आर्थिक समाचार: १० वर्षमा २० हजार मेगावटसम्म

२४ वैशाख, काठमाडौं । आसन्न स्थानिय तहको निर्वाचनमा भोट तान्न राजनीतिक दलहरुले हजारौं मेगावाट बिजुली उत्पादन गर्ने ‘हावादारी सपना’ बाँडेका छन् । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना चुनावी घोषणापत्रमा असम्भव परिणाममा बिजुली उत्पादन गर्ने दाबी सार्वजनिक गरेका छन् ।

१० वर्षमा २० हजार मेगावाटसम्मलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै प्रमुख तीनका तीनथरि योजनालाई पनि नागरिकले लेखेको छ । साउथ स्याटेलाइट प्रक्षेपण सन्दर्भमा पनि भारतको प्रचार धेरै सुविधा कमलाई नागरिकले लेखेको छ ।

पञ्चेश्वर डीपीआर महाकाली सन्धिअनुसारलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । ब्याज भुक्तानी गर्न ६ करोड मागलाई पनि कारोबारले लेखेको छ । सवारी दर्ता प्रदेशमा, लाइसेन्स स्थानीय तहबाटलाई पनि कारोबारले लेखेको छ ।

अझै पनि एनालगलाई अन्नपूर्ण पोष्ट दैनिकले मुख्य समाचार बनाएको छ । चिनियाँ लगानी सन्दर्भमा अन्नपूर्णले दुई होटेलमा तीन अर्बलाई उल्लेख गरेको छ ।

राजस्व बक्यौता १ खर्ब ३२ अर्बलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । अनुदानको परियोजना बनाउन आइओसीको अग्रसरतालाई पनि नयाँ पत्रिकाले लेखेको छ । केयर गिभरको छनोट अन्तिम चरणमालाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

सिजनमा उत्पादन बन्द गर्दै उद्योगलाई आर्थिक अभियानले मुख्य समाचार बनाएको छ । भूकम्पप्रभावित ४ जिल्लामा तीव्र गतिको इन्टरनेट विस्तारलाई अभियानले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment