Comments Add Comment

दाङको लमहीमा भ्यूटावरको शिलान्यास

२४ वैशाख, दाङ । दाङको लमहीमा भ्यूटावरको शिलान्यास गरिएको छ । लमही बजारसँगै उत्तरी भेगमा जोडिएको अजमरी सामुदायिक वन उपभोक्ता समूहको हाताभित्र निर्माण हुन लागेको ग्रिनपार्कभित्र निर्माण गर्न लागेको साततले भ्यूटावरको शनिबार शिलान्यास गरिएको हो ।

लमहीलाई पर्यटकीय सुन्दरनगरका रुपमा विकास गर्न र लमहीको चिनारीका रुपमा उक्त टावर निर्माण हुन लागेको हो । करिब २० बिगाहा क्षेत्रफलमा उपभोक्ता समूहले ग्रिनपार्क, भ्यूटावर, बालउद्यान, सिमसार, नर्सरीलगायतका १९ वटा कार्य गर्ने निर्णय गरेलगत्तै जिल्ला वन कार्यालयले सहमति दिएको थियो ।

जिल्ला वन कार्यालयको सहमति तथा लमही नगरपालिकाको आर्थिक सहयोग प्राप्त गरेलगत्तै ग्रिनपार्कको निर्माण प्रक्रिया अगाडि बढेको छ । जसमध्ये एक भ्यूवार निर्माण पनि हो ।

एक करोड २२ लाखको लागतमा दुई वर्षमा निर्माण सम्पन्न हुने सो टावरको यसवर्ष भने पहिलो चरणको कार्यमात्र हुने अजमरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केसीले बताए ।

पहिलो चरणको कार्यका लागि लमही नगरपालिकाबाट ५० लाख, जिल्ला वन कार्यालय दाङबाट रु छ लाख उपभोक्ताबाट १५ लाख गरी ७१ लाखको लगानी हुने भएको छ ।

सो भ्यूटावर निर्माण भएलगत्तै भ्यूटावरमा चढेर लमही बजारलगायत देउखुरीका धेरैजसो स्थानको दृश्यावलोकन गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment