Comments Add Comment

प्रस्तावित अख्तियार प्रमुख र महालेखा परीक्षकविरुद्ध उजुरी आह्वान

दीप बस्न्यात र टंकमणि शर्मा (दायाँ)

२४ बैशाख, काठमाडौं । व्यवस्थापिका संसद अन्तर्गतको संसदीय सुनुवाई विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रस्तावित दीप बस्न्यात र महालेखा परीक्षकका लागि प्रस्तावित टंकमणि शर्माविरुद्ध कुनै उजुरी भए उजुरी दिन आह्वान गरेको छ ।

संसदीय सुनुवाई समितिको आइतबार बिहान बसेको बैठकले प्रस्तावित दुवै जनामाथि सार्वजनिक उजुरीका लागि १० दिनको समय उपलब्ध गराउने निर्णय गरेको समिति सचिव ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।

प्राप्त उजुरीमाथि सार्वजनिक सुुनुवाई पश्चात मात्रै समितिले प्रस्तावित व्यक्तिको नाम अनुमोदन गर्नेछ ।

त्यसैगरी बैठकले स्पेनका लागि प्रस्तावित राजदूत भरतबहादुर रायमाझीको सुनुवाई स्थानीय तहको पहिलो चरणको निर्वाचन पछि मात्रै गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment