Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः दुवै पक्ष संयमित, कार्कीले इजलास हेरिनन्, संसद् बैठक चुनावपछि

२५ वैशाख, काठमाडौं । संसद् र सरकार एकातिर, न्यायालय अर्कोतिर हुने द्वन्द्वात्मक अवस्थाबाट मुलुकलाई निकास दिन सबै पक्ष सकारात्मक देखिएका छन् । आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले यही विषयलाई प्रमुखताका साथ लेखेका छन् । नजिकिँदो स्थानीय तह निर्वाचनको विषय पनि पत्रपत्रिकाहरुको प्राथमिकतामा परेको छ ।

आफ्नै वार्षिकोत्सवको विषयमा मुख्य खबर लेखेको गोरखापत्र दैनिकले संवैधानिक सीमामा रहन सभामुख ओनसरी घर्तीमगरले गरेको आग्रहलाई पनि उत्तिकै प्राथमिकताका साथ छापेको छ । कार्की नियमित काममा फर्किएको खबरलाई पनि गोरखापत्रले आफ्नो पहिलो पृष्ठमा स्थान दिएको छ ।

नयाँ पत्रिका दैनिकले बजेटमा दलहरु गम्भीर नबनेको विषय उठाएको छ । महाभियोगमा दुवै पक्ष संयमित भएकोदेखि लोकतान्त्रिक फोरमको घोषणापत्र सार्वजनिकसम्मका खबरले नयाँ पत्रिकाको पहिलो पृष्ठ भरिएको छ ।

राजधानी दैनिकले सुविधाबिनै जनप्रतिनिधि स्थानीय सरकार सम्हाल्न लागेको जनाएको छ ।

संविधान संशोधनका लागि प्रधानमन्त्रीले कसरत थालेको खबरलाई नागरिक दैनिकले मुख्य खबर बनाएर छापेको छ । निर्वाचन सुरक्षादेखि महाभियोगसम्मका विषय नागरिकको प्राथमिकतामा छ ।

अन्नपूर्ण पोस्ट दैनिकले महाभियोग तत्काललाई साम्य भए पनि समाधान टाडै रहेको लेखेको छ । दलहरुले घोषणापत्रमा अनेक विकासे एजेन्डा सारिरहेका बेला कान्तिपुर दैनिकले मतदाताहरुको चाहनालाई खबर बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment