Comments Add Comment

बिओकेको पनि एफपीओ आउने, प्रतिकित्ता ३ सय १० रुपैयाँ


२६ बैशाख, काठमाडौं । बैंक अफ काठमाडौंले पनि नयाँ सेयर (एफपीओ) जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य १ सय रुपैयाँमा २ सय १० रुपैयाँ प्रिमियम दर थपेर एफपीओ जारी गर्ने भएको हो ।

बैंकले एफपीओ जारी गरेर १ अर्ब ९० करोड ९० लाख रुपैयाँ जुटाउने भएको हो । बैंकले ६१ लाख ५८ हजार ६४ हजार कित्ता संस्थापक सेयर जारी गर्नेछ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । एफपीओ जारी पछि पुँजी ६ अर्ब २३ करोड पुग्नेछ भने सञ्चितीमा करिब १ अर्ब २९ करोड रुपैयाँ रहने छ ।

यो रकम बोनस सेयरको रुपमा प्रदान गरेर ७ अर्ब ५२ करोड पुँजी पुर्याउने देखिएको छ । यसको लागि प्रिमियमबाट करिब २१ प्रतिशत बोनस सेयर वितरण गर्न सक्ने देखिन्छ । प्रिमियम बापत उठेको रकम बोनसको रुपमा भने यसै वर्ष बाड्न मिल्दैन। तर राष्ट्र बैंकको पुँजीको निर्देशन पुरा गर्न लेखांकन भने गर्न सक्नेछ ।   बैंकले आव २०७३/७४ को नाफाबाट बोनस बाँडेर समेत पुँजी पुर्याउन सक्ने सम्भावना देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment