Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः भड्किलो बन्दै चुनाव, आज अन्तिम प्रचार

२८ वैशाख, काठमाडौं । दल र उम्मेदवारहरुले वैशाख ३१ गते हुने पहिलो चरण निर्वाचनका लागि प्रचारप्रसार कार्य बिहीबार मध्यरातिसम्म मात्र गर्न पाउने भएका छन् । बिहीबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले चुनावी विषयलाई विविध पाटा–पक्षबाट लेखेका छन् ।

गोरखापत्र दैनिकले निर्वाचन आचारसंहितासम्बन्धी प्रतिबद्धतापत्रमा प्रमुख दलका शीर्ष नेतालाई निर्वाचन आयोगले हस्ताक्षर गराएको विषयलाई मुख्य खबर बनाएर छापेको छ । मतदान सकिएलगत्तै निर्वाचन आयोगले मतगणना गर्ने अर्को खबर पनि गोरखापत्रमा छ ।

‘सामाजिक सञ्जालमा करोडौं’ शीर्षक दिएर मुख्य खबर लेखेको अन्नपूर्ण पोस्ट दैनिकले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचन प्रचारको आज अन्तिम दिन रहेको जनाएको छ ।

नयाँ पत्रिका दैनिकले अन्तिम दिनको प्रचारमा शीर्ष नेताहरु बिहीबार दिनभर व्यस्त हुने लेखेको छ । नयाँ पत्रिकामै ‘मतदानबाट को–को बञ्चित ?’ शीर्षकमा अर्को खबर प्रकाशित छ ।

बिहीबार मध्यरातबाट मौन अवधि सुरु हुने विषयलाई मुख्य खबर बनाएर लेखेको राजधानी दैनिकले बाग्लुङमा माओवादीले उम्मेदवारबिनै मत मागेको लेखेको छ ।

नागरिक दैनिकले चुनाव भड्किलो बन्दै गएको लेखेको छ भने कान्तिपुर दैनिकले झडपका घटनामा वृद्धि भएको जनाएको छ ।

गोरखापत्र दैनिकले मौन अवधि सुरु भएको विषयलाई मुख्य खबर बनाएर छापेको छ । गोरखापत्रमा राष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्ड र श्रीलंका भ्रमणमा जान लागेकोदेखि सामाजिक सञ्जाललाई पनि निर्वाचन आचारसंहिता लाग्नेसम्मका खबर छन् ।

‘मतदान तयारी धमाधम’ शीर्षक दिएर मुख्य खबर लेखेको अन्नपूर्ण पोस्ट दैनिकले महाभियोग फिर्ता लिन राष्ट्र संघले पत्राचार गरेको जनाएको छ ।

नयाँ पत्रिका दैनिकले निर्वाचित प्रतिनिधिले तत्काल जिम्मेवारी नपाउने जनाएको छ । नयाँ पत्रिकाले निर्वाचनलाई मौसमको चुनौतीलगायतका सामग्री पनि पहिलो पृष्ठमा छापेको छ ।

कान्तिपुर दैनिकले पहिलो चरणको स्थानीय तह निर्वाचनको तयारी पूरा भएको लेखेको छ ।

नागरिक दैनिकले निर्वाचन अहिलेसम्मकै खर्चिलो भएको जनाउँदै उम्मेदवारको खर्च आयोगले तोकेको भन्दा निकै बढी भएको तथ्य प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment