Comments Add Comment

कोरिया र ब्राजिलमा राजदूत नियुक्त, कोरियामा सिंह, ब्राजिलमा पोखरेल


वैशाख २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिल र दक्षिण कोरियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले थाइल्यान्ड र श्रीलंकाको भ्रमणमा निस्किनुअघि शुक्रबार बिहान ब्राजिलका लागि ताराप्रसाद पोखरेल र गणतन्त्र दक्षिण कोरियाका लागि अर्जुनजंगबहादुर सिंहलाई नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुई राजदूत नियुक्त गरेकी हुन् ।

नवनियुक्त राजदूत पोखरेलले ब्राजिलका साथै चिली र पाराग्वेकाे गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment