Comments Add Comment

मतपत्र नदेखाउनुस् है ! २ लाख जरिवानामा पर्नुहोला

स्थानीय तह चुनावका मतदाताहरु प्रहरीसँग परामर्श गर्दै

३१ बैशाख, काठमाडौं । यदि तपाई स्थानीय तह निर्वाचनको मतदाता हो भने ख्याल गर्नुहोस् है मतदानस्थलमा बर्जित गरिएका गतिविधि गर्नुभयो भने तपाईलाई जरिवाना र कैद सजाय हुनसक्छ ।

मत दिएको मतपत्र मतपेटिकामा राख्नुअघि तपाईले कसैलाई मतपत्र देखाउनुभयो भने पनि तपाई फन्दामा पर्न सक्नुहुन्छ ।

यदि तपाईले मतदान गरेपछि कसैलाई मतपत्र देखाउनुभयो भने १५ हजार जरिवानामा पर्नुहुन्छ । यति मात्रै होइन तपाईको मत खेर पनि जान्छ ।

तपाईले मतदान स्थलमा ध्यान दिनुपर्ने कुराहरु धेरै छन् । यदि ख्याल गर्नुभएन या त जानिजाति गल्ति गर्नुभयो भने तपाईलाई तीन वर्षसम्म कैद सजायसमेत हुनसक्छ ।

मतदान स्थलमा के-के गर्नु हुँदैन ?

  • तपाईको मतपत्र सार्वजनिक नगर्नुस् । यसो गरे १५ हजार जरिवाना हुन्छ ।
    मतपत्र बाहिर नलैजानुस्, २५ हजार जरिवाना हुन्छ ।
    धेरै पटक मतदान नगर्नुस् २५ हजार जरिवाना हुन्छ ।
    यदि कुनै मतदातालाई रोक्न खोज्दै हुनुहुन्छ भने पनि २५ हजार जरिवानामा पर्नुहुन्छ ।
    होहल्ला, भिडभाड नगर्नुस् ५० हजार जरिवाना हुन्छ
    चुनावी सामग्री खोस्नुभयो भने १ लाख जरिवाना र १ वर्ष कैद हुन्छ ।
    चुनावका सामग्री लुटे वा कब्जा गरे १ लाख जरिवाना र २ वर्ष कैद हुन्छ ।
    बिष्फोटक पदार्थ वा हतियार बोके २ लाख वा ३ वर्ष जेल सजाय हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment