Comments Add Comment

स्याङ्जाको भिरकोटमा कांग्रेसले जित्यो

४ जेठ, काठमाडौं । भिरकोट नगरपालिका, स्याङजाको मेयरमा नेपाली कांग्रेसका छायाराम खनाल ६२८७ मतका साथ विजयी बनेका छन् । खनाल एमालेका उम्मेदवारलाई पराजित गर्दै जित हासिल गर्न सफल भएका हुन् ।

उपप्रमुखमा कांग्रेसकै सीमा केसीको पल्लाभारी भएको छ । उनले ५९३७ मत ल्याइन् । केसीलाई अन्तिमसम्म एमालेकी उम्मेदवारले पछ्याएकी थिइन् । एमालेकी उपमेयर उम्मेदवारले ४२४९ मत ल्याएको भिरकोटका निर्वाचन अधिकृत ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

९ वडा रहेको भिरकोटमा अधिकांश वडामा नेपाली कांग्रेस विजयी भएको छ । केही वडामा एमालेले जितेको निर्वाचन अधिकृत ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment