Comments Add Comment

सल्यान सदरमुकाम कांग्रेसको कब्जामा, जिविसको जागिर छाडेका अधिकारी बने मेयर

६ जेठ, सल्यान । सल्यानको पहिलो नगरपालिका शारदा नगरपालिकाको मेयरमा सुरेश अधिकारी विजयी भएका छन् ।

मेयर निर्वाचित अधिकारीले जिल्ला विकास समितिको कार्यालय सल्यानको वरिष्ठ कार्यक्रम अधिकृत पदबाट राजीनामा दिएर कांग्रेसको तर्फबाट चुनाव लडेका थिए ।

शनिबार दिउँसो सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार अधिकारीले ४ हजार २१४ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राम खड्गी ३ हजार ३४४ मत ल्याएर पराजित भए । माओवादी केन्द्रका प्रमोद श्रेष्ठले २ हजार ५२७ र राप्रपाका मनोज प्रधानले २ हजार ४०० मत पाए ।

यस्तै उपमेयरमा पनि कांग्रेसकै सावित्रा बस्नेतले जीत हासिल गरिन् । विजयी बस्नेतले ४ हजार १८० मत पाइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सरिता हमालले ४ हजार ३७ मत प्राप्त गरिन् ।

माओवादी केन्द्रकी झरना बुढाथोकीले २ हजार ५०४ मत पाइन् । शारदा नगरपालिकाको ९ वटै वडामा पनि कांग्रेसले नै जितेको छ ।

योसँगै सल्यानमा स्थानीय तह निर्वाचनको मत गणना सकिएको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये एमालेले ४ तथा कांग्रेस र माओवादीले ३-३ स्थानीय तह जितेका छन् । सल्यानको सदरमुकाम भने कांग्रेसले कब्जा जमाउन सफल भयो । कांग्रेसले त्रिवेणी र छत्रेश्वरी गाउँपालिका पनि जितेको छ ।

नेकपा एमालेले कपुरकोट, ढोरचौर र कालिमाटी गाउँपालिकामा विजय हासिल गरेको छ । त्यस्तै, बनगाड कुपिण्डे नगरपालिकामा पनि एमाले नै विजयी भएको छ ।

माओवादी केन्द्रले बागचौर नगरपालिका तथा दार्मा र कुमाखमालिका गाउँपालिका जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment