Comments Add Comment

यसरी खिचिएको थियो पल र पूजाको ‘भन्छु आज मनका कुरा’


युटुबमा २३ लाख भन्दा बढी दर्शकले हेरिसक्नु भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’मा समावेश ‘भन्छु आज मनका कुरा’ बोलको गीतको मेकिङ भिडियो सार्वजनिक गरिएको छ । नेपाली चलचित्रका निर्माताहरुले कमै मात्र मेकिङ भिडियो बनाएर सार्वजनिक गरेको पाइन्छ ।

उपल्लो मुस्ताङमा निकै दुःखका साथ खिचिएको यो भिडियोको मेकिङ फुटेजमा निर्माण यूनिटको मिहिनेत देखिएको छ । अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको आवाज, सुदर्शन थापाको शब्द रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पल शाह र पूजा शर्मालाई फिचर गरिएको छ । संजय लामाले छायांकन गरेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

असार ३० गतेबाट रिलिज हुने यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । गीतका कारण यो चलचित्र ट्रेलर सार्वजनिक नहुँदै चर्चामा छ । चलचित्रका मुख्य कलाकार पल र पूजाले यो गीतको भिडियो सुटिङको क्षण निकै यादगर भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment