Comments Add Comment

बेलायतमा भएको हमलाको नेपाल सरकारद्वारा निन्दा

९ जेठ, काठमाडौं । नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा गएराति भएको आतङ्ककारी हमलामा परी १९ जनाको मृत्यु भएको घटनाको निन्दा गरेको छ ।

परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले मङ्गलबार बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई पत्र लेखी उक्त हमलामा परी १९ जनाको मृत्यु भएको समाचारले नेपाल सरकारलाई अत्यन्त दुःखी बनाएकोउल्लेख गरेका छन् ।

पत्रमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट बेलायती सरकार र नागरिकप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

मन्त्री डा.महतले घटनाका मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरएको छ । घटनामा परी कैयौँ व्यक्ति घाइते भएका छन् ।

मन्त्री डा.महतले घटनाको निन्दा गर्दै यस्तो अमानवीय कार्यमा संलग्नलाई जतिसक्दो चाडो कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिएका छन् ।

नेपाल सधैँ सबैखाले आतङ्ककारी कृयाकलापको बिरुद्धमा रहेको भन्दै उक्त पत्रमा आतङ्ककारीहरुका विरुद्धमा गरिने कारबाहीमा नेपाल सरकार बेलायत सरकार र बेलायती नागरिकका पक्षमा उभिने प्रतिबद्धता समेत गरिएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment