Comments Add Comment

तोडियो मिनीबसको ‘सिन्डिकेट’, भक्तपुरमा साझाको सानदार प्रवेश (भिडियोसहित)


१० जेठ, भक्तपुर । मिनी बसहरुको एकाधिकारलाई तोड्दै बुधबारबाट साझा यातायातले भक्तपुरमा ठूला बसमार्फत थालेको छ । वर्षौंदेखिको ब्यवसायीको सिन्डकेटलाई तोड्दै साझाको प्रवेश भएसँगै भक्तपुरमा साना र साँघुरा बसहरुलाई चुनौति थपिएको छ भने स्थानीयले राहत महसुस गरेका छन् ।

साँघुरा बसमा कोचिएर यात्रा गर्नुपर्ने भक्तपुरबासीको बाध्यता हटेको छ । लामो समयदेखि साझाको सेवा कुरिरहेको भक्तपुरमा साझा सानदार रूपमा प्रवेश गरेको हो । साझाका २० वटा बस आजबाट भक्तपुरको नयाँ बाटोमा चल्न सुरु भएको छ ।

विहान साझा भक्तपुर प्रवेश गर्दा स्थानीयले भब्य रुपमा बसको स्वागत गरे । मनोहराबाट सूर्यविनायकसम्म नै ठाउँ-ठाउँमा लाममा बसेका स्थानीले साझाबसलाई स्वागत गरेका हुन् ।

एकसाथ भक्तपुर गएका साझाले स्थानीको न्यानो स्वागत मात्रै पाएन, त्यसमा यत्रा गनर्नेहरुले साझालाई धन्यवाद पनि दिए ।

अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, सहीदगेट, थापाथली, माइतिघर, बबरमहल, नयाँबानेश्वर, मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायक चोकसम्म आउने साझा यातायातले जानकारी दिएको छ ।


कोटेश्वरबाट जडिबुटी लोकन्थली, कैशलटार, गठ्ठाघर, ठिमी, सल्लाघारी हुँदै सूर्यविनायकसम्म आजबाट बस सेवा विस्तार भएको छ । सूर्यविनायकबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घण्टाघर, पुरानो बसपार्क, सहीद गेट, त्रिपुरेश्वर, कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ ।

साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएन ।

नयाँ बाटो र पुरानो बाटोमा बस सेवा विस्तारका लागि गत चैतको सुरुवातमै भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको थियो ।


यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस भक्तपुरको नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो ।

यातायात ब्यवसायीको विरोधका बीच विभागले नयाँ बाटोमा साझाका बस गुडाउने निर्णय गरेको हो । तर, पुरानो बाटोमा रुट इजाजत दिनेबारेमा अध्ययन भइरहेको विभागले जनाएको छ ।

ब्यवसायीले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभागसमक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका थिए ।


फोटोः  कमलराज गोसाइ र क्रिस नगा 

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment