Comments Add Comment

पोखरा नगर विकास समितिका अध्यक्ष श्रेष्ठको चेतावनीः डोजर चलाउन नपरोस्


१४ जेठ, पोखरा । पोखरा उपत्यका नगरविकास समितिका नवनियुक्त अध्यक्ष सुन्दरकुमार श्रेष्ठले आइतबार कार्यभार सम्हालेका छन् ।

श्रेष्ठ पाँच दिनअघि गरविकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । निवर्तमान अध्यक्ष प्रकाशमोहन खनालले राजीनामा दिएर रिक्त रहेको पदमा सहरी विकास मन्त्रालयले श्रेष्ठलाई नियुक्त गरेको हो ।

निवर्तमान अध्यक्ष खनाल राजिनामा दिएर नेपाली कांग्रेसको तर्फबाट कास्की जिल्लाको रुपा गाउँपालिका प्रमुखमा उम्मेद्वार बनेका थिए । यद्यपि खनालले चुनाव हारे ।

कार्यभार सम्हाल्दै श्रेष्ठले पोखरा उपत्यका बनाउनका लागि आफू आएको बताए । आफ्नो कार्यकालमा सके राम्रो र नसके नराम्रो नगर्ने भन्दै उनले भने,’मेरो इमेज अहिलेसम्म राम्रो छ र यो इमेज म गुम्न दिन्ना ।’

दवाब र प्रभावमा परेर कुनैपनि गलत काम नगर्ने बाचा गर्दै श्रेष्ठले थपे, ‘मेरो नाम र दाम दुबै छ, मलाई लोभ लालच केही छैन, त्यसैले दबाव र प्रभावमा परेर केहि पनि गलत काम गर्दिन, गलत नगर्दा प्रेसर दिइयो भने कार्यकाल छोट्याउन तयार छु अर्थात राजीनामा दिन्छु ।’

श्रेष्ठले मापदण्ड मिच्ने, ताल र बसपार्कको जग्गा हडप्नेलाई कडा चेतावनी दिँदै भने,’डोजर चलाउने अवस्था नआओस् ।’

श्रेष्ठले राम्रो काम गर्ने प्रयासमा आफू साधै लाग्ने र कसैले अवरोध गरे त्यसको पर्दाफास गर्ने चेतावनी दिए । उनले समग्र पोखरा उपत्यकाको विकासका लागि पोखरा लखेनाथ महानगरका मेयर मानबहादुर जिसीसँग मिलेर काम गर्ने बताउँदै भने, उहाँ  (जिसी) पनि पोखरा बनाउन आउनुभएको हो, म पनि पोखरा बनाउनकै लागि आएको हो, म उहाँसँग मिलेर काम गर्छु, साथसाथै पूर्व अध्यक्षहरु, कर्मचारी, पत्रकारलगायतसाग पनि हातेमालो गरेर अघि बढ्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment