Comments Add Comment

क्यानडाका नेपालीले मनाए गणतन्त्र दिवस

आर्थिक विकास गर्नुपर्नेमा राजदूत पाेखरेलको जोड

२९ मे, क्यानडा । क्यानडामा रहेका नेपालीहरुले १० औं गणतन्त्र दिवस मनाएका छन् । दिवसका अवसरमा नेपाली राजदूतावास, ओटवा क्यानडाले स्वागत कार्यक्रम गरेको छ ।

कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेलले उपस्थिति अतिथीहरु र नेपालीहरुलाई स्वागत गर्दै शुभकामना दिएका थिए ।

नेपाली जनताको लामो संघर्ष र बलिदानबाट गणतन्त्र प्राप्त भएको भन्दै उपलब्धी संस्थागत गर्ने दिशामा सरकार अघि बढेको बताए ।

अब गणतन्त्रको संस्थागत गर्दै राजनीतिक स्थायित्व र आर्थिक विकासको गतिलाई तीव्र बनाउ आवश्यक भएको उनको भनाई छ ।

राजदूत पोखरेलले सरकारले गैरआवासीय नेपाली नागरिकहरुलाई पनि देशको विकासको मुलधारमा समेट्ने प्रयास गरेको बताए ।

साथै व्यापार, लगानी र पर्यटन प्रवर्द्धनको माध्यमबाट नेपाल-क्यानडाबीचको द्विपक्षीय सम्बन्ध मजबुत बनाउन क्यानडाका नेपाी समुदायले राजदूतावासलाई पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा गैरआवासीय नेपाी संघ, क्यानडाका उपाध्यक्ष सुरेन उप्रेतीले पनि गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका थिए ।

उप्रेतीले नेपालमा हुने अप्ठ्याराहरुमा गैरआवासीय नेपालीहरुले सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ओटवास्थित नेपाली समुदायको संस्था नेप्लिज् क्यानेडियन एशोसियसन अफ ओटवाका प्रतिनिधि कमल महतले गणतन्त्र कार्यक्रमको आयोजना गरिएकोप्रति राजदूतावासलाई धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment