Comments Add Comment

देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

१६ जेठ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय गुज्रनै लाग्दा देउवाले एमालेसहितका संसद्मा रहेका दललाई पत्र पठाएरै छलफलका लागि बोलाएका हुन् ।

संसद् भवन सिंहदरबारमा मंगलबार बिहान ८ बजे बस्ने गरी संसद्मा रहेका सबै दलको बैठक आह्वान गरिएको कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए ।

देउवाले सर्वदलीय बैठक बोलाए पनि एमाले भने सहभागी नहुने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सहमतीय सरकारका लागि छलफल गर्न कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा नजाने बताए ।

एमालेले छलफलमै नआउने बताएपछि अब सहमतीय सरकार गठनको सम्भावना कमजोर बनेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment