Comments Add Comment

बन्द उद्योग चलाउन ५ खर्बको कोष, जनतालाई २ खर्बको सेयर


१८ जेठ, काठमाडौं । उद्योग मन्त्रालयले देशमा बन्द भएर बसेका उद्योगधन्दालाई सुचारु गर्नलाई ५ खर्ब रकम बराबरको औद्योगिक कोषको स्थापना गर्ने भएको छ ।

उद्योग मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै मन्त्री जोशीले बन्द उद्योग पुनः सञ्चालन तथा रोजगारीमुलक नयाँ उद्योग स्थापना गर्नका लागि यो कोषको स्थापना गर्न लागिएको जानकारी दिएका छन् ।

औद्योगिक कोष कम्पनी स्थापना गर्नको लागि एक निर्देशक समिति गठन गर्ने तयारी भइरहेको जोशीले बताए ।

यो कोष स्थापना क्रममा सरकारले ४ प्रतिशत मात्रै लगानी गर्नेछ । ९६ प्रतिशत लगानी भने बिदेशमा रहेका नेपालीबाट भित्राउने मन्त्रालयको सोच छ ।

उनले भने ‘रेमीट्यान्सको ठुलो हिस्सा यो क्षेत्रमा भित्राउन सकियोस् भन्ने उद्देश्यका साथ यो कोष खडा गर्ने योजना बनाएका छाैं, जनताबाट भने १ देखि २ खर्ब सम्मका सेयर जारी रकम जुटाउने हो ।’

कम्पनीले लगानीपश्चात गरेको आम्दानीबाट जनताको लगानीमा प्रतिफल दिने मन्त्रालयको सोच छ । यो कोषको व्यवस्थापनको जिम्मा भने निजी क्षेत्रलाई दिने मन्त्री जोशीको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment