Comments Add Comment

अष्ट्रेलियाका प्रमुख शहरमा नेपालको पर्यटनको चर्चा

४ जून, सिड्नी ।  अस्ट्रेलियाका दुई ठुला शहरमा नेपालको पर्यटन समबन्धी कार्यक्रमहरु भएका छन् । सिड्नी र मेलबर्न स्थित नेपाली महाबाणिज्य दुताबासहरुको सहयोगमा नेपाली दुताबास क्यानबेराको आयोजनामा कार्यक्रम सम्पनन भएको हो ।

कार्यक्रममा नेपाली लगायत नेपाललाई माया गर्ने विदेशीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सगरमाथा दिवसको भोलिपल्ट जुन ३ मा सिड्नीमा आयोजित कार्यक्रममा उत्सुकताका साथ नेपाली पोशाक र ढाका टोपी लगाएर अस्ट्रेलियन नागरिकहरु उपस्थित भएका थिए ।

सिड्नी कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष कार्यक्रमको सञ्चालन ५८ पटक नेपाल भ्रमण गरेका अस्ट्रेलियन नागरिक क्रिश वाकरले रोचक ढंगले गरेका थिए ।

नेपाली दुतावासका कार्यबाहक राजदूत राजेन्द्र पाण्डे तथा अस्ट्रेलियाको चर्चित बौद्ध गुम्बाकी भिक्षुणिले उद्घाटन गरेको कार्यक्रम नेपाली तथा अस्ट्रेलियन राष्ट्रिय गान गाएर सुरु भरु भएको थियो ।

नेपाली समाजबाट अष्ट्रेलिया प्रभावित

सिड्नीमा आयोजित कार्यक्रममा अस्ट्रेलियन लेबर पार्टीकी नेत्री तथा बार्टन क्षेत्रबाट यहाँको केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने सांसद लिंदा बर्नीले अस्ट्रेलियामा छिट्टो बिकास गरिरहेको नेपाली समाजबाट प्रभावित भएको भन्दै आफ्नो नेपाल भ्रमण गर्ने रुची भएको बताइन ।

अर्का सांसद श्याम दस्तियारीले लिखित मन्तब्य पठाउदै आफूले गत वर्ष गरेको नेपाल भ्रमणको स्मरण गरेका थिए ।

नेपाली दुताबास क्यानबेराका कार्यबाहक राजदूत राजेन्द्र पाण्डेले नेपालमा संबिधान निर्माण भएर पहिलो चरणको स्थानीय चुनावसमेत भइसकेकोले राजनीतिक स्थिरता कायम हुँदै गएको बताए ।

उनले नेपालको राजनीतिक स्थिरताले पर्यटन क्षेत्रलाई सहयोग पुगेको भन्दै अस्ट्रेलियन पर्यटकहरुलाई नेपाल भ्रमण गर्न निम्तो दिए ।

उनले लगानीका लागि पनि नेपालमा अब उपयुक्त वातावरण बनेकाले लगानीकर्ताहरुलाई समेत नेपालतर्फ ध्यान दिन आग्रह गरे ।

भुकम्प पछि पर्यटकहरु बढे

प्रकोप सञ्चार विज्ञ डा. भरत पौडेलले नेपालमा भुकम्प पछि अनौठो ढंगले पर्यटक आगमन बढेको तथ्य प्रस्तुत गरे ।

उनले नेपालमा भुकम्प पछिको अवस्था विकास र अनुसन्धानको अवसरका रुपमा लिनु पर्ने बताए ।

भुकम्प पछिको दुर्इ वर्षमा विश्वमा नेपाल बारे जानकारी लिन चाहनेको संख्या बढेको उनको दावि थियो ।

अस्ट्रेलियाका अन्तरास्टि्रय फोटो ग्राफर क्रिस डे बोडेले नेपालमा भुकम्पपछि भैरहेका उद्दार तथा राहत का कार्यक्रम बारे सचित्र प्रस्तुति गरेका थिए ।

त्यस्तै एन.एस.डब्लू.का लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि बद्री अर्यालले यो कार्यक्रममा सहभागी भएकोमा उपस्थित सबैलाई धन्यबाद ब्यक्त गरे ।

नेपाली तथा नेवारी नाचगानसहित भएको कार्यक्रमको अन्त्यमा एन.एस.डब्लू.का लागि नेपाली महाबाणिज्य दूत दीपक खड्काले प्रत्यक वर्ष आयोजना हुने कार्यक्रममा उपस्थित हुने र आआफ्नो क्षेत्रबाट नेपालको पर्यटनलाई प्रबर्द्धन गरिरहेका सबैप्रति आभार व्यक्त गरे ।

भिक्टोरियामा स्याडो मन्त्रीदेखि विपक्षि दलका नेता आकर्षित

यसैबीच भिक्टोलियमा पनि भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ । नेपाली महावाणिज्य दुतावास भिक्टोरियाले एक वक्तव्य जारी गरी भिक्टोरीयामा रही नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने अष्ट्रेलियन ट्राभल अपरेटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले कार्यक्रम गरिएको बताएको छ ।

साँझ साढे पाँच बजेदेखि बेलुकी साँढे नौँ बजेसम्म चलेको यस कार्यक्रममा दुई सयजना भन्दा बढीको उपस्थिति रहेको थियो ।

जसमा अधिकांस अष्टे्रलियन ट्राभल अपरेटरहरु तथा एयरलाइनस्का प्रतिनिधित्वहरु रहेका थिए ।

कार्यक्रममा अष्टे्रलियन सरकारी अधिकारीहरु, राजनीतक नेतागण, विभिन्न देशका महवाणिज्यदूत, काउन्सिलका पदाधिकारीहरु, ट्राभल एजेन्ट र टुर अपरेटरका भिक्टोरियाको नेपाली समूदायका अगुवाहरु साथै स्थानीय सञ्चारमाध्यमहरुको समेत बाक्लो सहभागिता रहेको थियो ।

यहाँको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भिक्टोरियाको पर्यटन तथा साँस्कृतिक स्याडो मन्त्री हेइडी भिक्टोरीया, नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन तथा नेपाली दूतावास क्यानबेराका प्रतिनिधि सहचारी डिल्लिराम शर्माले संयुक्त रुपमा पानसमा बत्ती बालेर गरेका थिए ।

कार्यक्रममा भिक्टोरीयास्थित व्यवस्थापिका परिषद्का अध्यक्ष बुश्र एटकिन्सन विशिष्ठ अतिथिको रुपमा सहभागी भएका थिए ।

छोटो समयको लागि उपस्थित भएका एटकिन्सनले महावाणिज्यदूत कार्यालयले आयोजना गर्ने हरेक वर्षको नेपाल पर्यटन प्रबर्द्धन साँझमा आफू उपस्थित हुन पाउँदा एकदमै रमाइलो लाग्ने र यस कार्यक्रमले नेपालका पर्यटकीय गन्तव्यको विषयमा अष्ट्रेलियावासीलाई जानकारी गराउन मद्दत पुर्‍याउने बताएका थिए ।

कार्यक्रममा स्वागत गर्दै सहचारी डिल्लिराम शर्माले २०१५ सालमा नेपालमा गएको महाभुकम्पको क्षतिबाट देश पुन निर्माणमा फर्किसकेको र नेपाल अन्तराष्ट्रिय पर्यटकहरु भित्र्याउन आतुर रहेको बताएका थिए ।

पुननिर्माणमा सहयोग गर्न घलेको आव्हान

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ ग्लोबलका अध्यक्ष एवं भूकम्पपछिको पुननिर्माणका लागि सहयोग जुटाउन नेपाल सरकारबाट नियुक्त विशेष दूत शेष घलेले ३ वर्षअघि नेपालमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको लाप्राक नमूना वस्ती निर्माणको प्रगतिबारे जानकारी गराउँदैे अष्ट्रेलियावासीहरुलाई पनि यो पुननिर्माणमा स्वयंसेवा गर्न आहृवान साथै लाप्राकबाट देखिन मनमोहक प्राकृतिक दृश्यले सबैलाई आकषिर्त गर्ने धारणा राखेका थिए ।

नेपालीको एकताले आकषिर्त गर्‍यो : मन्त्री हेइडी

नेपाल र अष्टे्रलियाको सम्बन्ध धेरै वर्षदेखि सुदृढ रहेको बताउँदै कार्यक्रमको प्रमुख अतिथि हेइडी भिक्टोरीयाले नेपाली खाना, रहनसहन, समूदायको एकता, सद्भाव र सांस्कृतिक विविधताले आफूलाई निकै आकषिर्त गरेको बताएकी थिइन् ।

यस किसिमको कार्यक्रमले भिक्टोरियामा नेपाली पर्यटन प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आफूले छिटो नेपालको प्राकृतिक सुन्दरता हेर्न पाउने अपेक्षा गरेको मन्त्री भिक्टोरीयाको धारणा रहेको थियो ।

नेपालीले अष्ट्रेलियामा उदाहरणीय कार्य गरे : अष्ट्रेलियन विपक्षि पार्टीका नेता

कार्यक्रममा बोल्दै अष्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका प्रमुख बिल सोर्टनकी प्रतिनिधि जेनिफर याङ्गले पर्यटनले आपसी भाईचारा र सद्भाव अभिबृद्धिमा योगदान दिने बताउँदै नेपाली समूदायले आˆनो कला, संस्कृतिको संरक्षण गरेर बहुसांस्कृतिक अष्ट्रेलियामा उदाहरणीय कार्य गरेको समेत बताएकी छिन् ।

कार्यक्रमको सभापतित्व गरिरहेका भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले विशेषगरी भिक्टोरियामा रहेको कुटनीतिक समूदाय, नेपाली ट्राभल एजेन्सीहरु, अष्ट्रेलियन ट्राभल एजेन्टहरु, नेपाल पर्यटन बोर्डका साथै नेपालमा उडान गरिरहेका विमान कम्पनीहरुको सहभागिताले कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रसन्नता व्यक्त गरेका थिए ।

त्यसैगरी खुशीका क्षणहरुमा मात्र होइन कठिन मोडहरुमा पनि नेपाली समूदाय एकअर्का प्रति सहयोगी भावनाका राख्दै एकताबद्ध रहेकोमा यहाँको नेपाली समूदायको खुलेर प्रशंसा गदै योञ्जनले कार्यक्रम सफल पार्न सहयोग गर्ने यहाँको मिडियाकर्मीहरु लगायत सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा एभरेष्ट भ्यू ट्राभल्स्तथा बुद्ध ट्राभल्स्को संयुक्त प्रयासमा नेपालको पर्यटन स्थलहरुको भिडियो देखाउँदै नेपाल घुम्न चाहनेहरुलाई नेपाल किन विशेष हुन सक्छ भन्ने कुराको जानकारीमुलक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

त्यसैगरी पहिलो विदेशी सगरमाथा आरोही एण्डमन हिलारीको नाती जोर्ज हिराली र भर्खरै नेपाल घुमेर आएका अष्ट्रेलियन नागरिक डेभिड म्याकथुरले नेपालको प्राकृतिक सुन्दरता, कला र संस्कृतिको पक्षमा बेल्दै नेपालको पर्यटकीय क्षेत्रहरुको विषयमा तयार पारेको दृश्य सामग्री समेत प्रस्तुत गरिएका थिए ।

नेपालबाट अष्ट्रेलिया आएका आचार्य गुरु कमल मोक्तान तामाङ्गले कार्यक्रममा गौतम बुद्धलाई सम्झदै शान्ति ध्वनी र मन्त्र जपेका थिए ।
बाल चौतारीका स-साना नानीहरुले कार्यक्रममा नेपाली र अष्ट्रेलियन राष्ट्रिय गाना गाउँदै नेपाली गीतमा नृत्य पनि गरेका थिए ।

कार्यक्रमको स्वागत गीतमा बज्रयोगीनी नृत्य समावेश गरिएको थियो भने कार्यक्रमभरी नेपालको हिमाल, पहाड र तराई झल्किने सांस्कृतिक प्रस्तुति पस्केकेा थियो । कार्यक्रममा प्रवेशद्वारलाई बुद्धको मूर्तिदेखि चित्रकार ग्यालरीको नेपाल झल्काउने विभिन्न चित्रहरुको पनि प्रदर्शन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment