Comments Add Comment

भरतपुरमा पुनः मतदानबिरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन

२१ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको बिरोध गर्दै नेकपा एमालेको भातृ संगठनले काठमाडौंमा प्रदर्शन गरेको छ ।

एमाले सम्बद्ध दुई संगठन युवा संघ र अनेरास्ववियुको मूख्य आयोजनामा आइतबार काठमाडौंमा बिरोध प्रदर्शन भएको हो ।

प्रदर्शनीमार्गबाट सुरु भएको र्‍याली पुतलीसडक, बागबजार हुँदै शान्तिबाटिका पुगेको थियो । र्‍यालीमा एमाले कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिन्थ्यो ।

र्‍याली तथा सभाका कारण रत्नपार्क क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो ।

निर्वाचन आयोगले भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गर्दा एमालेले भने मतगणना हुनुपर्ने अडानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment