+
+
Shares

अमेरिकी चुनावमा रुसी साँठगाँठ सम्बन्धी प्रतिवेदन पेश

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ९ गते ९:००

९ चैत, काठमाडौं । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी साँठगाँठबारे छानबिन गर्न गठित विशेष काउन्सिलले प्रतिवेदन बुझाएको छ । विशेष काउन्सिलर रोवर्ट मुलरले बहुप्रतिक्षित रिपोर्ट महान्यायाधिवक्ता विलियम बारलाई बुझाएका हुन् ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले ट्रम्पलाई सघाएको आरोप विपक्षीले लगाएपछि त्यसबारे छानबिन गर्न रोबर्ट मुलरको नेतृत्वमा छानबिन टोली गठन गरिएको थियो । टोलीले २२ महिना लामो अध्ययनपछि प्रतिवेदन बुझाएको हो ।

मुलरले बुझाएको प्रतिवेदन महान्यायाधिवक्ताले अध्ययन गर्नेछन् । बीबीसीका अनुसार, प्रतिवेदनको संक्षेपीकरण गरेर उनले संसदमा पेस गर्नेछन् ।

बारले कंग्रेसका नेताहरुलाई एक पत्र लेख्दै अर्को सातासम्ममा प्रतिवेदनमा रहेका विषय जानकारी गराउने बताएका छन् ।

न्याय विभागका एक अधिकारीले मुलरको रिपोर्टमा कसैलाई पनि कारबाहीको सिफारिस नगरिएको बताए । यद्यपि, मुलरले यसअघि नै ट्रम्पका ६ पूर्वसहयोगी र दर्जनौं रसियनलाई दोषारोपण गरिसकेका छन् ।

ट्रम्पले भने यो छानबिनलाई हास्यास्पद भएको टिप्पणी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?