Comments Add Comment

मेक्स नेपालद्वारा मेक्स अप्सन ट्रेडिङ च्यालेन्ज २०१७ को आयोजना


२२ जेठ, काठमाडाैं । कमोडिटि बजारको ब्यवहारिक ज्ञान अभिवृद्धि गर्न बिभिन्न पक्षहरुलाई आकर्षित गर्ने उद्देश्य सहित मेक्स नेपालले मेक्स अप्सन ट्रेडिङ च्यालेन्ज २०१७ को आयोजना गरेको छ । यस प्रतियोगितामा कुनै पनि ईच्छुक ब्यक्तिले निशुल्क सहभागी हुन पाउने छन् ।

सबै सहभागिहरुले रु ५० हजार बराबरको नमूना कारोबार रकम प्राप्त गर्नेछन् । यस प्रतियोगितामा सहभागीहरुले आफ्नो कारोबार कौशलता, कारोबार रणनिति, अनुशासन र पूँजीव् यवस्थापनमा दक्षता देखाउन सक्नेछन् ।

आषाढ १९ गते देखि श्रावण १६ गते सम्म आयोजना हुने उक्त प्रतिस्पर्धामा उपलव्ध रकमलाई बढाएर सबै भन्दा बढि पूँजी बनाउने तीनजना सहभागीहरुलाई बिजेता घोषणा गरिनेछ । पहिलो बिजेताले रु २० हजार तथा दोस्रो र तेस्रो बिजेताले क्रमसः रु १५ हजार र रु १० हजार बराबरको वास्तबिक रकम जित्नेछन् ।

उक्त प्रतिस्पर्धामा हाल एक्सचेन्जको अप्सन कारोबार स्थलमा उपलब्ध वास्तबिक कारोबारको लागि उपलब्ध सम्पुर्ण करारहरु उपलब्ध हुनेछन् । साथै करारको मुल्य उतारचढाव पनि वास्तविक नै हुनेछ । वास्तविक कारोबार स्थलमा उपलब्ध सम्पूर्ण सुविधाहरु समेत यस नमूना कारोबार प्रतिस्पर्धामा उपलब्ध गराईनेछ ।

यस प्रतिस्पर्धामा सहभागी हुनको लागि २०७४, आषाढ १४ सम्म दर्ता गरि सक्नु पर्नेछ । सबै दर्ता भएका सहभागीहरुलाई नमूना कारोबार स्थल साथै त्यसको लग ईन युजर र पासवर्ड उपलब्ध गराईनेछ । उक्त कारोबार स्थललाई आषाढ १९ गते देखि सकृय गरिनेछ । त्यससंगै सहभागीहरुले उपलब्धलगईन युजर र पासवर्ड प्रयोग गरि प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment