Comments Add Comment

११६ जना सवार सैनिक विमान सम्पर्कविहीन

२४ जेठ, काठमाडौं । एक सय बढी मानिस सवार म्यानमारको एक सैनिक विमान सम्पर्कविहीन भएको छ ।

दक्षिणी शहर मेइकबाट यंगुनका लागि लागि उडेको विमान हराएको अधिकारीहरुले बताएका छन् । सैनिक विमान १०५ यात्रु र ११ चालक दलका सदस्य थिए ।

हराइरहेको विमानको खोजी कार्य जारी छ । विमान अन्डमान सागरको आकासमा उडिरहेका बेला विमान सम्पर्कविहीन भएको अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment