Comments Add Comment

उदितदेखि कवितासम्म, जो अहिले बेरोजगार छन्


कुनै वेला सर्वाधिक चर्चित गायकका रुपमा चिनिन्थे उदित नारायण झा । नेपाली मुलका भारतीय गायक झाले कुनै समय दिनमा पाँच वटासम्म गीत गाउँथे । तर, अहिले उनको दैनिकी आफ्नै पुरानै गीत सुनेर बितेको छ ।

उदित मात्रै हैन । कुनै वेलाका चर्चित धेरै गायक-गायिका अहिले बेरोजगार बनेका छन् । युवा पुस्ताका गायक गायिका बढेसँगै पुराना पुस्ताका गायक गायिकाको काम खोसिएको छ । हेरौं पछिल्लो समय बेरोजगार भएका गायक-गायिका को-को रहेछन् ।

अल्काः अल्काको आवाज अचेल खासै सुनिदैन । सन् २०१६ मा उनले ‘सवाल सात सो करोडका, चक एण्ड डष्टर र मजाज-ए-गुलो दिल’ मा गीत गाइन् । जुन चलचित्रले बक्स अफिसमा राम्रो चर्चा पाएन ।

अल्का कुनै वेलाको चर्चित गायिका हुन् । ‘लावारिस्, कामचोर, खिलाडी, विजयपथ, कुछ कुछ होता हे’ लगायतका चलचित्रमा गाएको उनको गीतको अहिले पनि चर्चा हुन्छ । ती मध्ये कतिपय गीत तत्कालिन समयमा सुपरहिटको सूचीमा परेका थिए ।

उदित नारायण झाः कुनै वेला बलिउडकै प्रसिद्ध गायक मानिने उदितनारायण झा अहिले बेरोजगार छन् । अहिलेसम्म १५ हजार बढी गीतमा स्वर दिएका उदितले हिन्दी चलचित्र ‘कयामत से कयामत तक’बाट गायन सुरु गरेका थिए । ‘मुझे नीद न आए, मेरा दिल तेरे लिए धड्कता, पहला नशा, जादु तेरी नजर’ जस्ता गीतको चर्चा अहिले पनि हुन्छ । सन् २०१६ मा ‘जय गंगाजल’मा गीत गाएका उदितले त्यसपछि अन्य फिल्ममा स्वर दिएका छैनन् ।

कुमार सानुः कुनै वेला बलिउडका लिडिङ प्लेब्याक सिंगरको रुपमा चिनिन्थे कुमार सानु । दुई वर्ष अगाडी ‘दम लगा कै हैशा’मा स्वर दिएका उदितले त्यसपछि गतिलो चलचित्रमा स्वर दिन पाएका छैनन् ।

२० हजार भन्दा बढी गीतमा स्वर दिएका कुमार कुनै वेला एकै दिन २८ वटासम्म गीत गाउँथे । उनले एकै दिन २८ गीत गाएको भनेर ‘गिनिज बुक अफ वल्र्ड’ मा उनको नाम समेत दर्ता भएको छ । उनको स्वर रहेको ‘दिल का रिश्ता, राजा को रानी से, परदेशी परदेशी’ लगायतका गीतले सबै भन्दा धेरै चर्चा पायो ।

कविता कृष्णमुर्तिः लोकप्रिय गायिकाको सूचीमा रहेकी कविता कृष्णमुर्तिको स्वर पनि अचेल मधुरो हुन थालेको छ । दुई वर्ष अघि दुइ वटा र एक वर्ष अघि एउटा चलचित्रमा स्वर दिएकी कबिता पनि अहिले लगभग बेरोजगार छिन् । चलचित्र ‘देबदास’का लागि उनले गाएको ‘डोला रे डोला रे’ गीत अहिले पनि चर्चामा छ ।

उनको ‘आज मे उपर, मेरा पिया घर आया, प्यार हुआ चुपके से’ लगायतका गीत अहिले पनि चर्चामा छ ।

अलीशा चिनाईः ९० को दशकमा गायिका अलिसाले अनु मलिकको साथ केही चर्चित गीत गाएकी थिइन् । ‘बण्टी और बबली’मा उनको स्वर रहेको ‘कजरारे’ बोलको गीत चर्चित भएको थियो भने ‘मेड इन इण्डिया’ले पनि उत्तिकै चर्चा पाएको थियो । लगभग एक हजार गीतमा स्वर दिएकी अलीशाले हिन्दी चलचित्र ‘नो इन्ट्री , डन, कृष-३’ लगायतका चलचित्रमा स्वर दिएकी छिन् ।

यी बाहेक उषा उथुप, बाबुल सुपि्रयो लगायतका गायक-गायिकाको स्वर पनि अहिले मधुरो बनेको छ । उनीहरु अहिले वेरोजगार जस्तै भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment