Comments Add Comment

नेपालगञ्जमा चल्यो तीन दिने हुण्डाई एक्सचेन्ज कार्यक्रम

२५ जेठ, काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल अन्तर्गत नेपालगञ्ज स्थित हिम अटो डिष्ट्रिब्युटरले तीन दिने लामो हुण्डाई एक्सचेन्ज कार्यक्रम ल्याएको छ ।

यहि जेठ २४ गते बुधबार देखि जेठ २६ गते शुक्रबारसम्म हुने यस एक्सचेन्ज योजनामा हुण्डाई ब्राण्डका सबै मोडलहरुमा लागु हुनेछ । ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न हिम अटो डिष्ट्रिब्युटरले सो एक्सचेन्ज क्याम्प ल्याएको हो ।

यस एक्सचेन्जसँगै हिम अटो डिष्ट्रिब्युटरले आफ्ना ग्राहक सामु नगद छुट, स्पट एक्सचेन्ज तथा मूल्यांकन र एक्सचेन्ज बोनस हरेक गाडीको बिक्रीसँगै प्रदान गर्नेछ ।
यस कार्यक्रममा एक्सचन्जका साथै टेस्ट ड्राइभ एण्ड विन र मनोरञ्जनका कार्यक्रमहरु समावेश छन् । कार्यक्रम अवधिमा टेस्ट ड्राइभ गर्ने मध्येबाट लक्कि ड्र गरेर चुनने एक भाग्यशाली ग्राहकलाई कुल प्याडको कुल वान स्मार्ट फोन प्रदान गरिने छ ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने हिम अटो डिष्ट्रिब्युटरले यस हुण्डाई एक्सचेन्ज योजना मार्फत् यसलाई निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment