Comments Add Comment

अटिजमसम्बन्धी सामाजिक संस्थालाई प्रवासी नेपालीको सहयोग

९ जुन, आयरल्यान्ड । आयरल्यान्डमा रहेको ‘द एभरेष्ट नेपाल र काठमाडौं किचन एण्ड दिवाली रेष्टुरेन्ट’ले नेपालमा रहेको अटिजम सम्बन्धीत सामाजिक संस्था र स्कुल तथा पुनःस्थापना केन्द्र एसएसडिआरजीलाई एक लाख ८३ हजार रुपैयाँ सहयोग गरेको छ ।

द एभरेष्ट नेपालले १ लाख ३६ हजार र काठमाडौं किचनले ४६ हजार रुपैयाँ संस्थाका सञ्चालक सविता उप्रेतीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो ।

सहयोग संकलनको संयोजन द एभरेष्ट नेपाल आयारल्याण्डका संयोजक देवराज कोइराला र ईश्वर भण्डारीले गरेका थिए । नवराज कोइराला र गणेश प्रसाईले पनि सहयोग संकलनमा भूमिका खेलेका थिए ।

नेपालमा बसेर सहयोग अभियानमा भूमिका खेलेका पुष्पराज कोइरालाले सहयोग हस्तान्तरण गरेका थिए । गायिका जुना प्रसाई, अन्जना अर्याल, असिम शाही, गोविन्द खरेललगायत हस्तान्तरण कार्यक्रममा उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment