Comments Add Comment

सुगमको कुरा मात्र नकाट्ने पूजा, पल केटी बन्दा गाउँलेले घेरेपछि..


नायक पल शाह र नायिका पूजा शर्मा शुक्रबार आयोजना भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’को ट्रेलर सार्वजनिक कार्यक्रममा निकै खुशी देखिन्थे ।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै नायक पल शाहले आफू भर्खर सिक्दै गरेको बच्चा भएको भन्दै सबैलाई साथ दिन आग्रह गरे ।
चलचित्रको ट्रेलरमा पल केटी बनेको देखाइएको छ । केटीको बन्दाको अनुभव सुनाउँदै उनले भने-‘जब यो दृश्यको सुटिङ भैरहेको थियो । गाउँका सबै जना मलाई हेर्न आउनुहुन्थ्यो ।’

यता, नायिका पूजा शर्माले पनि चलचित्रमा मिहिनेतका साथ काम गरेको भन्दै दर्शकले मन पराउनेमा ढुक्क रहेको बताइन् । उनले हाँस्दै भनिन्-‘मैले कुरा नकाट्ने भनेको गायक सुगम पोखरेलको मात्र हो ।’ उनले यसो भन्दै चलचित्रमा समावेश ‘भन्छु आज’ बोलको गीत गाएकी थिइन् ।
असार ३० गतेबाट रिलिज हुने यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । कार्यक्रममा गायक सुगम पोखरेल, प्रमोद खरेल र संगीतकार अर्जुन पोखरेलले चलचित्रका गीत गाएका थिए ।

सांगीतिक माहोल रहेको कार्यक्रममा निर्देशक थापाले भने-‘मैले यो चलचित्र अघिल्ला चलचित्र भन्दा एक कदम माथि नै बनाउने कोशिश गरेको छु ।’

चलचित्रमा पूजा र पलका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नवि मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा संजय लामाको छायांकन, प्रितम पाण्डेको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ ।

सुदर्शन र पूजाले मिलेर बनाएको चलचित्रमा सुदर्शन र दिनेश न्यौपानेको पटकथा तथा संवाद छ ।

 

पल र पूजाको रोमान्स र विछोडमा ‘म यस्तो गीत गाउँछु’को ट्रेलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment