+
+

पल र पूजाको रोमान्स र विछोडमा ‘म यस्तो गीत गाउँछु’को ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २६ गते १७:३६


यो बर्षकै प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु’को ट्रेलर रिलिज भएको छ । अडियो गीत हिट भैसकेपछि चलचित्रको रोमान्टिक प्रेम कथाले भरिएको ट्रेलर सार्वजनिक भएको हो ।

असार ३० गतेबाट रिलिज हुने यो चलचित्रलाई सुदर्शन थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलरमा मुख्य कलाकार पल शाह र पूजा शर्मालाई केन्द्रित गरिएको छ । पूजा र पलको रोमान्स, प्रेम, विछोड, रोदनलाई ट्रेलरमा फोकस गरिएको छ ।

साथमा, चलचित्रका चर्चित ३ गीतको भिडियोलाई पनि ट्रेलरमा स्थान दिइएको छ । प्रेमकथामा आधरित एउटा पूर्ण चलचित्र हेर्न चाहने दर्शकका लागि सुदर्शनले गतिलो प्याकेज लिएर आएको ट्रेलर हेर्दा महशुश गर्न सकिन्छ । ‘प्रेमगीत’ जस्तो सफल चलचित्रका निर्देशकको यो कोशेली, पल र पूजाको रोमान्टिक प्रेम कथाले दर्शकलाई हलसम्म तान्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?