+
+

सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पौडेलले गरे सगरमाथा आरोहण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते २१:२१

७ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले सोमबार बिहान १०ः२० बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरीबाट पहिलो पटक पौडेलले सगरमाथा आरोहण गरेका हुन् । उनी शेर्पा एक्स्ट्रिम प्रा.लि.मार्फत ३० चैतमा सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए ।

२०६७ सालमा खुला प्रतिष्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकमा प्रवेश गरेका पौडेल स्याङ्जाका स्थायीवासी हुन् । उनी सशस्त्र प्रहरी सेवामा प्रवेश गर्नुअघिबाटै पदयात्रामा रुचि राख्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?