+
+
Shares

१० पटक सगरमाथा आरोहण गरेका सांसद शेर्पा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते ११:४६

१९ जेठ काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा १० पटकसम्म सफल आरोहण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित भएका छन् ।

संघीय संसद सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख डीपी अर्याल, उपसभामुख रुबी कुमारी ठाकुर र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सम्मान गरेका हुन् ।

‘मिङ्मा डेभिड’ नामले समेत चिनिने शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद हुन् ।

सम्मान कार्यक्रममा शेर्पाले हिमाल आरोहण आफूलाई नौलो विषय नभएको बताए । सगरमाथा १० औं पटक, ८ हजार मिटरभन्दा माथिका हिमाल ३६ औं पटक र संसारभरी हिमाल सबै जोड्दा लगभग ७० वटा हिमाल आरोहण गरेको उनले जानकारी दिए ।

३७ वर्षीय शेर्पा पछिल्लोपटक जेठ १३ गते बिहान ५:४० बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । उनले सगरमाथाको चुचुरोमा संसद सचिवालयको झण्डा र लोगो पुर्‍याएका थिए ।

उनले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?