+
+

एप्पलले ल्याउँदैछ पातलो आइफोन

एजेन्सी एजेन्सी
२०८१ जेठ ७ गते ९:३०

एप्पलले आगामी वर्ष सन् २०२५ मा पातलो आकारको आइफोन ल्याउने योजना बनाएको छ ।

समाचार अनुसार कम्पनीले आइफोनको पातलो संस्करणको विकास गरिरहेको छ जुन सन् २०२५ मा बजारमा आउन सक्दछ ।

रोयटर्सका अनुसार एप्पलको पातलो आइफोनको मूल्यचाहिं आइफोन प्रो म्याक्सभन्दा पनि बढी हुनेछ । सन् २०२५ को सेप्टेम्बरमा आइफोन १७ सिरिजसँगै एप्पलले पातलो आइफोन ल्याउने अपेक्षा गरिएको छ ।

कोड नाम डी २३ बाट एप्पलले आइफोनका विभिन्न डिजाइनहरुको परीक्षण गरिरहेको छ । त्यसमा कम्पनीको सबैभन्दा पछिल्लो पुस्ताको प्रोसेसर ए१९ रहनेछ ।

यद्यपि यस विषयमा एप्पलले कुनै पनि प्रतिक्रिया नजनाएको रोयटर्सको भनाइ छ ।

पछिल्लो समयमा चीनमा हुवावे र अनर तथा विश्वव्यापी रुपमा सामसुङसँग तीव्र प्रतिस्पर्धा गर्नु परिरहेको आइफोनमा महत्वपूर्ण परिवर्तन गर्नुपर्ने महसुस एप्पलले गरेको छ ।

सन् २०२४ को पहिलो त्रैमासिकमा विश्व स्मार्टफोन बजारमा सर्वाधिक हिस्सा सामसुंगले ओगटेको छ । दक्षिण कोरियाली कम्पनीले २०.८ प्रतिशत बजार हिस्सा कब्जा गर्दा दोस्रो स्थानको एप्पलको १७.३ प्रतिशत छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?