Comments Add Comment

कर्णदासलाई ‘वान्स मोर’ : एउटै गीत गाए तीन पटक

१० जून, क्यानबेरा । इन्टरनेसनल नेपाल फेलोसिप (आइ.एन.एफ.) अष्ट्रेलियाको आयोजनामा क्यानबेराको ओरिजिन नेपाल रेस्टुरेन्ट एण्ड बारमा आयोजित सांगीतिक कार्यक्रममा नेपाली सांंगीतिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल गाएक कर्णदासले आफ्नो सानदार प्रस्तुत गरेका छन् ।

कार्यक्रममा उनका फ्यानहरुले ‘जिन्दगीको के भरोसा’ गीत दोहो¥याई तेह¥याई गाउन बाध्य बनाएका थिए ।

नेपालीहरुको पातलो बस्ती रहेको राजधानी क्यानबेरामा आइ.एन.एफ. अस्ट्रेलियाको आयोजनामा भएको सांगीतिक कार्यक्रममा यहाँस्थित नेपालीहरुको साथै अस्ट्रेलियनहरुको समेत उत्साहजनक उपस्थिति रहेको थियो भने कर्णदास आउने थाहा पाई डेढ घन्टाको यात्रा पार गरी यास र गोल्बर्नबाट समेत उनका शुभचिन्तकहरु  आईपुगेका थिए ।

आइ.एन.एफ.द्वारा पोखरामा निर्माणाधीन ग्रीन पाश्चर हस्पिटलको सहयोगार्थ अर्थ संकलन गर्नेउद्देश्यले क्यानबेरा र सिड्नीमा कर्णदास साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कलाकार दासले ‘ठूलाठूला महल हैन’, ‘जिन्दगीको के भरोसा’, ‘तिम्रो मेरो सम्बन्धको , ‘पुरानो डुंगा’ लगायत आफ्ना एक दर्जन भन्दा बढ़ी गीतहरू गएका थिए भने कार्यक्रमको बीचबीचमा आइ.एन.एफ.ले नेपालमा गरेको कामहरुको बारेका भिडियोहरु पनि प्रदर्शन गरिएको थियो ।

आइ.एन.एफ. निकै पुरानो अन्तरराष्ट्रिय गैरसरकारी संस्था हो । जसले बिगत ६५ वर्षदेखि नेपालका बिभिन्न ग्रामीण भेगहरूमा शिक्षा, स्वास्थ्य अनि सामाजिक पूर्वाधार क्षेत्रमा काम गर्दै आइरहेको छ ।

उक्त संस्थाले नेपालमा ग्रामीण स्वावलम्बन, झोलुङ्गे पुल निर्माण लगायतका कार्य गर्दै विकास निर्माणमा सहयोग गर्दै आइरहेको छ भने महाभूकम्प पछिको पुनर्निर्माणमा समेत उल्लेखनीय कार्य गरिरहेको छ ।

यसै क्रममा आई.एन.एफ.को पहलमा पोखराको बगरमा स्पाईनल इन्जुरीहरूको उपचारार्थ ग्रीन पाश्चर हस्पिटलको निर्माण हुन लागेको छ ।

उक्त अस्पताल निर्माणमा आर्थिक सहयोग जुटाउन कर्ण दास साँस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक सस्था आइ.एन.एफ.ले जनाएको छ ।

साँझ ७ बजेबाट सुरु भई राती अबेरसम्म भएको उक्त कार्यक्रमको अन्तमा आइ.एन.एफ. अष्ट्रेलियाका प्रमुख फिल मोरिसले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सांगीतिक कार्यक्रम सफलतासाथ सम्पन्न गर्न सहयोग पु¥याउने स्थानीय नेपाली रेडियो एफ. एम. ९१.१, ओरिजिन नेपाल रेस्टुरेन्ट एण्ड बार र क्यान्बेरा स्थित स्थानीय नेपाली संस्था अष्ट्रेलिया नेपाल फ्रेन्डसीप सोसाइटीलाई प्रसंसा पत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment