Comments Add Comment

राजपाद्वारा आम हड्तालसहित आन्दोलन घोषणा, मनोनयन दर्ताका दिन लाठी जुलुस

२८ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।

उम्मेद्वारहरूकाे मनोनय दर्ताका दिन असार २ गते राजपाले गाउँपालिका र नगरपालिकामा अवस्थित निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने बताएकाे छ । त्यस्तै असार ६ देखि १४ गतेसम्म निर्वाचन कार्यक्रममा अवरोध गर्ने उसले जनाएकाे छ ।

आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न अाइतबार बिजुलीबजारमा आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य सकिएको बताए ।

तर, सरकारले मागहरु पूरा गरेको खण्डमा आफूहरु सहमतिमा आउन तयार रहेको राजपा नेता महतोले संकेत गरे ।

आइतबार बिजुली बजारमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा महतोले भने-‘ हामी परिस्थिस्थितिलाई हेरि राखेका छौं, अब वार्ता कति गरीराख्ने ? सरकारले हाम्रा मागहरु पूरा गरोस् ।’

राजपा नेता जितेन्द्र सोनलले अान्दोलनका कार्यक्रमहरू पत्रकारलार्इ वाचन गरेर सुनाएका थिए ।

अत्यन्तै छोटो पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ राजेन्द्र महतोले दिए भने महन्थ ठाकुर खासै बोलेनन् । पत्रकार सम्मेलनमा नेताहरू केही गम्भीर र हतास मुद्रामा देखिएका थिए ।

यस्तो छ राजपाको आन्दोलन कार्यक्रम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment