Comments Add Comment

विष्णुकुमारले एकसाथ ल्याए बालसाहित्यका पाँच कृति

काठमाडौं । बालसाहित्यकार विष्णुकुमारले एकसाथ पाँच वटा बालकथासंग्रह प्रकाशन गरेका छन् ।

प्रकाशित कृतिमा ‘पुन्टे स्याल’, ‘मलाई मन पर्छ’ ‘मेरो रातु’, ‘सानी र घाम’ र अंग्रेजी कथाहरुको संग्रह ‘Neeru’s Teeth Complain’ (निरुको दाँतको दुखेसो) रहेका छन् ।

सबै कृति भुँडीपुराण प्रकाशनले छापेको हो । कथाहरु सबै सचित्र छन् ।

‘पुन्टे स्याल’ मा भोकाएको स्यालले हीरा भेटेपछिको रोमाञ्चकारी कथा छ भने ‘मलाई मन पर्छ’ पाँच वर्षसम्मका बालबालिकाका लागि लक्षित कथा हो । यस्तै, ‘मेरो रातु’ बेलुनसँग रमाउने एउटी बालिकाको कथा हो ।

‘सानी र घाम’ मा सानी भँगेरीले कल्पना गरेको वैज्ञानिक रहस्यमाथिको चित्रकथा हो । अंग्रेजी कथा ‘निरुको दाँतको दुखेसो’ दाँतको सरसफाइ र स्वास्थ्यबारे केन्द्रित कथा हो ।

०६० को दशकदेखि बालसाहित्य लेखनमा सक्रिय विष्णुकुमारले कथाहरुमा बाल मनोविज्ञान अनुसार मनोरञ्जनात्मकताको खोजी गर्ने गरेका छन् । उनका अहिलेसम्म ३० बालपुस्तक प्रकाशन भइसकेका छन् । भारतीय शिक्षासेवी गिजुभाईका चुनिएका बालकथाहरुको संकलन ‘मुनिया रानी’ को समेत उनले अनुवाद गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment