Comments Add Comment

आर्थिक समाचार: उत्पादनमुलक क्षेत्रमा कर्जा नबढे आर्थिक वृद्धि जोखिममा

६ असार, काठमाडौं । उद्योगी व्यवसायीहरुले चालू आर्थिक वर्षमा हासिल भएको ७ प्रतिशत आर्थिक वृद्धिदरलाई आगामी वर्ष पनि कायम राख्न उत्पादनमुलक क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरुले लगानी बढाउनुपर्ने सुझाब दिएका छन् ।

पछिल्लो समयमा बढ्दो व्याजदरका कारण लगानी बढ्नेमा आफुहरु ढुक्क नभएको भन्दै उनीहरुले मौद्रिक नितीमार्फत यसका लागि सहजीकरण गर्नुपर्ने बताए ।

कारोबार दैनिकले उत्पादनमुलक क्षेत्रमा कर्जा नबढे आर्थिक वृद्धि जोखिममालाई मुख्य समाचार बनाएको छ । कर्मचारीको लगानीमा जलविद्युत् आयोजनालाई पनि कारोबारले लेखेको छ । खाद्यान्न उत्पादन वृद्धिदरमा सुदुरपूर्वमै नेपाल अग्रणीलाइ कारोबारले उल्लेख गरेको छ ।

आवास कर्जाको सीमा दुई करोड पु¥याऊलाई नागरिकले मुख्य समाचार बनाएको छ । पोखरा–मुस्ताङ सडकमा एआइआइबीले लगानी गर्नेलाई पनि लेखेको छ । आगामी वर्ष सिँचाइका चार महत्वकाँक्षी परियोजना थपिँदैलाई पनि नागरिकले लेखेको छ ।

नयाँ एसियाली पूर्वाधार बैंकको सवा खर्ब लगानी प्रतिबद्धतालाई अन्नपूर्ण दैनिकले मुख्य समाचार बनाएको छ । मौद्रिक नीति सुझाव संकलनलाई लेखको अन्नपूर्णले नेसनलको जग्गा बिक्रिमा वडा कार्यालयको अवरोधलाई पनि लेखेको छ ।

संघीयतामा पूर्वाधार विकास सन्दर्भमा अभियान दैनिकले एकरुपता कायम गर्न मादण्डको तयारीलाई अभियानले मुख्य समाचार बनाएको छ ।

उत्पादनमुलक क्षेत्रको परिभाषा सच्याऊलाई पनि अभियानले लेखेको छ । एसियाली बैङ्क ठूलो मात्रामा लगानी गर्दैलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ ।

प्राथमिकतामा परेका वस्तुकै निर्यात निराशाजनकलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । सवारीसाधनमा कर्जा प्रवाह खुकुलो होस्लाई पनि नयाँ पत्रिकाले लेखेको छ । महालेखा परीक्षकको ६ वर्षे बृहत कार्ययोजनालाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment