Comments Add Comment

जुँगु घटनाका अभियुक्तलाई साधारण तारेखमा छाड्ने न्यायाधीशमाथि छानविन सुरु

फाइल तस्वीर

७ असार, काठमाडौं । दोलखाको जुँगु घटनाका अभियुक्तलाई साधारण तारेखमा छाड्ने जिल्ला अदालतको आदेश शंकास्पद देखिएको भन्दै न्याय परिषदले छानविनका लागि मिसिल झिकाउने निर्णय गरेको छ ।

न्याय परिषदका एक सदस्यका अनुसार उक्त मुद्दामा भएको आदेशमा उल्लेख गरिएका तथ्यहरुको छानविन गनुपर्ने आवश्यकता देखिएकाले मिसिल झिाउन निर्णय भएको हो ।

पहिलो चरणको स्थानीय चुनावको तीन दिनअघि गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगुस्थित रेशमडाँडामा माओवादी कार्यकर्ताको आक्रमणमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो । कुलवहादुरको हत्यामा संलग्न रहेको भन्दै उनका पिता गोरे तामाङ सहित परिवारका सदस्यले माओवादी पोलिटव्यूरो सदस्य देवी खड्का लगायत ३९ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

हत्यामा संलग्न रहेको भनिएका र किटानी जाहेरी परेकामध्ये प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो । उनीहरुसहित फरार रहेका अभियुक्तमाथि सरकारी वकिलको कार्यालयले ज्यान मुद्दा चलाएको थियो ।

दोलखा जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले जुँगु हत्यकाण्डका अभियुक्तहरुमध्ये थुनामा रहेका ११ जनालाई सामान्य तारेखमा रिहा गर्ने आदेश दिएका थिए ।

न्यायाधीश श्रेष्ठको इजलाशबाट भएको उक्त आदेश तथ्य र प्रमाणमा आधारित नभएको, आर्थिक चलखेल तथा राजनीतिक दबाबमा आदेश जारी भएको आरोप लगाउँदै पीडित परिवारले न्याय परिषदमा उजुरी दिएका थिए ।

न्यायपरिषदको बुधबार बसेको बैठकले आदेश शंकास्पद भएको भन्दै मिसिल फाइल झिकाएर अनुसन्धान गर्ने निर्णय लिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment