Comments Add Comment

ऋचाले संझिएपछि विनोदलाई बाडुल्की चल्यो

गायक हिमाल श्रेष्ठको सानी बोलको गीत सार्वजनिक भए लगत्तै सांगीतिक बजारमा राम्रो चर्चा बटुलिरहेको छ । गायक श्रेष्ठको एल्बम ‘समर्पित’ भित्रको शीर्ष गीत सानीको भिडियोले प्रेम र बिछोडलाई नजिकबाट चिनाएको छ ।

जसमा स्वर तथा शब्द गायक श्रेष्ठको रहेको छ भने बुद्ध स्यांबाले संगीत भरेका छन् । नायक तथा मोडल बिनोद श्रेष्ठ र ऋचाले जिवन्त अभिनय गरेको गीतले आफ्नी मायालुबाट टाढिनुपर्दाका क्षणहरुलाई जिवन्त शैलीमा भिडियोमा देखाउन सफल देखिन्छन् निर्देशक कुमार केसी ।

आफ्नी मायालुबाट टाढिएर बाहिर बस्नुपर्दाका पिडा र सँगै हुँदाका हाँसो खुशीलाई एकसाथ देखाइएको भिडियो निकै मर्मस्पर्शी र जीवन्त छ । भिडियो सार्वजनिक भएपछि गायक श्रेष्ठले आफ्नो बाल्यकालदेखिको गायक बन्ने सपना पुरा भएपनि यसभित्र कैयौँ चुनौतीहरु भएको र त्यलाई आँफुले डटेर सामाना गर्न आँफु तयार भएको बताए । भिडियोमा अजय रेग्मीको छायांकन तथा अनुप शिवाकोटीको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment