Comments Add Comment

मध्यपश्चिमस्तरीय व्यापारिक महोत्सवबाट असी लाख बचत

१० असार, तुलसीपुर (दाङ) । तुलसीपुरमा बहुआयामिक सुविधासम्पन्न सभाकक्ष निर्माण गर्ने उद्देश्यले गत माघ १३ देखि माघ २४ गतेसम्म तुलसीपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सम्पन्न मध्यपश्चिमस्तरीय व्यापारिक महोत्सवमा ८० लाख बचत भएको छ ।

विविध प्राविधिक समस्याका कारण ढिलो गरी शुक्रबार सार्वजनिक गरिएको आयव्यय विवरणमा ७९ लाख ८४ हजार तीन सय १२ बचत भएको देखाइएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न शीर्षकमा आम्दानी  एक करोड ७० लाख २४ हजार उनासी भएकामा सम्पूर्ण व्यवस्थापकीय खर्च कटाएर सो रकम बचत भएको सङ्घका कोषाध्यक्ष ललितजङ्ग शाहले बताए ।

दानबाट करिब एक करोड मूल्यको चार कट्ठा जग्गा पनि प्राप्त भएको छ । सोही जग्गामा बहुआयामिक भवन निर्माण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment