Comments Add Comment

रोनाल्डोले भने- जर्मनी र चिली कठिन प्रतिद्वन्दी

न्युजिल्याण्डलाई ४-० ले हराउँदै कन्फेडेरेसन कपको सेमिफाइनलमा पुगेपछि पोेर्चुगलका कप्तान तथा सुपरस्टार क्रिष्टियानो रोनाल्डोले प्रतियोगिताका आगामी खेल निक्कै चुनौतिपूर्ण रहेको बताएका छन् ।

यसअघिजस्तै उनले पत्रकारहरुको प्रश्न लिन अस्वीकार गरेका थिए ।

पहिलो खेलमा रुसबिरुद्ध गोल गरेका रियल मडि्रडका ३२ वर्षीय यी स्टारले न्युजिल्याण्डबिरुद्ध पनि गोल गरे । राष्ट्रिय टोलीका लागि उनको यो ७६औं अन्तर्राष्ट्रिय गोल हो ।

‘यो हाम्रो टिमका लागि राम्रो हो र त्यसको ओपनिङ गोल गर्न सकेकोमा म सन्तुष्ट छु ।’ खेलपछिको पत्रकार सम्मेलनमा रोनाल्डोले भने ।

‘हामी प्रतियोगिताको सेमिफाइनलमा पुग्न सकेकोमा खुसी छौं र प्रतियोगिताअघिको हाम्रो लक्ष्य पूरा भएको छ ।’

तेस्रो खेलमा म्यान अफ द म्याच चुनिएपछि उनलाई पत्रकारसामू बोल्न बाध्य पारिएको थियो । र उनले कसैको कुरा नसुनी मात्र ८० सेकेण्ड बोलेका थिए, जुन उनीबाट अपेक्षा गरिएभन्दा निक्कै थोरै हो ।

‘सेमिफाइनलमा जाने टोलीहरु निक्कै उत्कृष्ट छन् ।’ उनले थपे, ‘चिली र जर्मनी प्रतियोगिताकै उत्कृष्ट हुन् तर, हामी हाम्रो लक्ष्यमा केन्दि्रत छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment