Comments Add Comment

विद्यार्थीहरुलाई सुसाइड नोट लेख्ने होमवर्क

कुनै पनि शिक्षकले विद्यालयमा विद्यार्थीहरुलाई किताबको कुनै पाठसँग सम्बन्धित गृहकार्य दिनु स्वभाविकै हो । तर, बेलायतमा एकजना शिक्षकले आफ्ना ६० जना किशोर–किशोरी विद्यार्थीहरुलाई आत्महत्या पत्र अर्थात् सुसाइड नोट लेख्ने होमवर्क दिएका छन् ।

शेक्सपियरको एक नाटकको पाठको गृहकार्यका रुपमा शिक्षकले आफ्ना विद्यार्थीलाई सुसाइड नोट लेख्ने गृहकार्य दिएपछि तहल्का मच्चियो र उक्त घटनामा विद्यालयले माफी नै माग्नुपर्यो ।

 

लण्डनको थोमस टालिस स्कुलका विद्यार्थीहरुलाई आफ्ना प्रियजनका लागि जीवनको अन्तिम पत्र लेख्न लगाइयो ।

तर, आफ्ना छोराछोरीहरुलाई सुसाइड नोट लेख्न दिइएको विषयमा अभिभावकहरुले आपत्ति जनाए र त्यस्तो गृहकार्यले आफ्ना सन्तानहरुमा मानसिक असर परेको बताए ।

एकजना अभिभावकका अनुसार उनकी छोरीलाई स्कुलमा सुसाइड नोट लेख्न लगाइयो जबकि ती छोरीका तीनजना साथीहरुले साँच्चीकै आत्महत्या गरेका थिए ।

आत्महत्याबाट तीनजना साथी गुमाएकी आफ्नी छोरीलाई स्कुलमा सुसाइड नोट लेख्न लगाउँदा छोरी निकै मर्माहत बनेको र आफूलाई निकै असहज भएको भनेर शिक्षकलाई नै बताएको उनको भनाई छ ।

त्यस्तै अन्य अभिभावकले सुसाइड नोटको होमवर्क लेख्न दिने स्कुलको कदमलाई निर्विवेकी तथा संवेदनाहीन भनेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment