Comments Add Comment

सप्तरीका दुई स्थानमा सवारी दुर्घटना, दर्जन घाइते

१३ असार, सप्तरी ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा परी एक दर्जन व्यक्ति घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ ख २७४१ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८६६८ नम्बरको माइक्रोबस एकापसमा ठोक्किँदा नौजना घाइते भएका छन् । घाइते नौजनाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, सोही ठाउँमा सोमबारै भएको दुर्घटनामा परी तिनजना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३८ प १९६५ नम्बरको स्कुटरले पछाडिबाट साइकलयात्रीलाई ठक्कर दिँदा सप्तरी सुरुङ्गा नगरपालिका–७ बस्ने २५ वर्षीय ज्ञानदीप पासवान, स्कुटर चालक सप्तरी रुपनी गाउँपालिका–८ बस्ने सुरेश साह र पछाडि सवार सोही ठाउँका माधव यादव घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment