Comments Add Comment

दाङको चुनावः बिहान पानीको पिर, दिउँसो घामको

१४ असार, लमही । बिहान पानी दर्किएको दाङ जिल्लामा अहिले चर्को घाम लागेको छ । बिहान पानीमा रुझ्दै मतदानस्थलमा लाइन लागेका मतदाताहरु अहिले चर्को घामको सामना गरिरहेका छन् ।

देउखुरीको लमही क्षेत्रमा बिहानभर पानी परेको थियो । पानीको बेवास्ता गर्दै मतदाताहरु भोट हाल्न लामबद्ध भएका थिए । अहिले पानी पर्न बन्द भएर घाम लागेको छ ।

राजपुर गाउँपालिकाको वडानम्बर-४ दुलैयामा यादव समुदायको निर्वाचनमा उल्लेख्य सहभागिता देखिन्थ्यो । उनीहरु खेतबारीको काम छाडेर भोट हाल्न आएका थिए ।

केही मतदाताहरु कक्रहवा खोला तर्दै राजपुर गाउँपालिकामा भोट हाल्न गएका थिए । राजपुर गाउँपालिकामा मतपेटिका लिन जाँदै गरेको बस कक्रहवा खोलामा फसेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment