Comments Add Comment

बझाङका ७ तहको मतगणना सम्पन्न : एमाले ५ र कांग्रेस २ मा विजयी

१७ असार,बझाङ । बझाङका १२ वटा स्थानीय तह मध्ये ७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बाँकी ५ वटामा मतगणना चलिरहेको छ ।

अहिले छविस पाथेभेरी, केदारस्यु खप्तड छान्ना, सुर्मा र जयपृथ्वी नगरपालिकाको मतगणना जारी रहेको छ ।

मतगणना सकिएका ५ वटा स्थानीय तहमा एमालेले विजयी भएको छ । २ वटामा कांग्रेसले जित हात पारेको छ ।

दुर्गाथलि, थलारा, मष्टा, वित्थडचिर, तलकोट गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । काँडा गाउँपालिका र बुङगल नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

दुर्गाथली गाउँपालिकाको अध्यक्षमा एमालेका प्रयागराज जोशीले १५९० र उपाध्यक्षमा पार्वती देवी जप्रेलले १५३० मत ल्याएर विजयी भएका छन् ।

मष्टा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कठायत २१६२ र उपाध्यक्षमा भगवती बोहरा २१८२ मत सहित बिजयी भएकी छन् । काँग्रेसका ज्ञान बहादुर बोहरा १९७१ र उपाध्यक्षमा देवि सेठीले १८८२ मत प्राप्त गरिन् ।

काडाँ गाँउपालिकामा अध्यक्षमा काँग्रेसका राजेन्द्र धामी र उपाध्यक्षमा कल्पना बोहरा बिजयी भएका छन् ।

थलारा गाउँपालिकाको अध्यक्षमा एमालेका भुवनेश्वर उपाध्याय र उपाध्यक्षमा गंगुदेवी खडायत विजयी भएका छन् ।

तलकोट गाउँपालिकाको अध्यक्षमा पनि एमालेकै लालबहादुर विष्ट २०६४ र उपाध्यक्षमा धनलक्ष्मी खत्री २०५७ मत सहित बिजयी भएका छन् ।

वित्थड चिर गाउँपालिकाको अध्यक्षमा पनि एमालेकै प्रेम बोहरा २७११ मत र उपाध्यक्षमा पनि जानकी बोहरा २८२६ मत सहित विजी भएका छन् ।

बुङगल नगरपालिकामा अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका धनबहादुर विष्ट र मीना जाग्री बिजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment