Comments Add Comment

सपथ लिँदै गुल्मीका जनप्रतिनिधि, जनपक्षीय काम गर्ने प्रतिबद्धता

२० असार, गुल्मी । असार १४ गते सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनमा निर्वाचित जिल्लाका जनप्रतिनिधिले धमाधम सपथ लिन थालेका छन् ।

झन्डै २० वर्षपछि भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको भावना बुझेर काम गर्ने प्रतिबद्धता सपथका क्रममा व्यक्त गरेका छन् ।
मुसिकोट नगरपालिकाका नवनिर्वाचित मेयर सोमनाथ सापकोटा तथा उपमेयर कमला गौतमले सोमवार पदभार ग्रहण गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयवाट सपथ लिएलगत्तै नगरपालिकाको कार्यालय वामी टक्सारमा सापकोटा र गौतमले पदभार ग्रहण गरेका हुन् ।

सापकोटाले भौतिक पूर्वाधार निर्माण, जनमैत्री प्रशासन तथा गरिबी र विकटताको कारणले आधारभूत आवश्यकताबाट बञ्चितहरु पहिलो प्राथमिकतामा रहने प्रतिबद्धता जनाए । उनले यसका लागि सबैसँग मिलेर काम गर्ने प्रष्ट पारे ।

पहिलो वैठकले निर्वाचित सवै प्रतिनिधिहरुको सम्पत्ति विवरण १५ दिन भित्र सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

जिल्लाको मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका, रुरु गाउँपालिका, इस्मा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि सपथ ग्रहणपछि जनमैत्री कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment