Comments Add Comment

सुन तोलाको ५३ हजार ५ सयमा किनबेच, एक सातामा ९ सय घट्यो


२० असार, काठमाडौं । सुनको मूल्य क्रमिक रुपमा ओरालो लागि रहेको छ । गत असार १४ गते प्रतितोला ५४ हजार ४ सय रुपैयाँ मूल्य रहेको सुन मंगलवार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । ६ दिनमा सुनको मूल्य ९ सय रुपैयाँले घटेको हो ।

मंगलवार अन्तराष्ट्रिय बजारमा प्रतिऔंस भौतिक सुनको कारोबार ०.४ प्रतिशतले बढेर १२२४.७० डलरमा भएको थियो । यता, अगष्टमा भुक्तानी गर्ने गरि भइरहेको सुनको फ्युचर कन्ट्राक कारोबारमा पनि सो दरमा मूल्य बढेर १२२४.१० मा कारोबार भएको थियो ।

६ दिनयता चाँदीको मूल्यमा पनि २० रुपैयााले कमि आएको छ । प्रतितोला चाँदी ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment