Comments Add Comment

कोहलपुरको मेयर जितेर एमाले बन्यो बाँकेको सबैभन्दा ठूलो दल

२१ असार,नेपालगन्ज । नेपालगन्जपछि बाँकेको दोस्रो ठूलो शहर कोहलपुर नगरपालिकामा नेकपा एमालेले मेयर र कांग्रेसले उपमेयर जितेका छन् ।

निकै कठिन प्रतिस्पर्धाबीच एमालेका लुटवहादुर रावतले कांग्रेसका भानुभक्त भट्टराईलाई ८३ मतको अन्तरले पछि पारेका हुन् ।

रावतले ९ हजार ७ मत प्राप्त गरेर बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी भट्टराईले ८९२४ मत प्राप्त गरे ।

उपमेयरमा भने कांग्रेसकी सन्जुकुमारी थारु १० हजार ५३ मतका साथ बिजयी भइन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी कृष्ण थारुले ९३७९ मत प्राप्त गरेकी छन् ।

कोहलपुरको नतिजासँग बाँके जिल्लाका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । एमाले जिल्लाका ८ मध्ये ४ स्थानीय तह जितेर एमाले सबैभन्दा ठूलो दल बनेको छ ।

त्यस्तै कांग्रेसले दुई स्थानीय जितेको छ भने राप्रपाले एक र संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment