Comments Add Comment

नेपाली गीत, अफ्रिकन मोडल (भिडियोसहित)


गैरआवासीय नेपाली संघ , युगान्डाका अध्यक्ष रमेश कंडेलले अफ्रिकाको इतिहासमै पहिलो चोटी नेपाली गीतको अडियो रेकर्ड तथा भिडियो छायांकन गरेका छन । कँडेलको शब्द ,स्वर तथा परिकल्पनामा तयार भएको यो गीतको विमोचन एनआरएनए युगान्डाको तेस्रो अधिवेशनको अवसरमा हुँदैछ ।

एनआरएनएका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा, अफ्रिका क्षेत्रीय संयोजक सुनील कार्की र एनआरएनए युगान्डाको सहयोगमा तयार पारिएको यो गीत र नृत्यले नेपाली कला संस्कृतिलाई अफ्रिकामा प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment