Comments Add Comment

दक्षिण कोरियामा आइक्याप मिडिया फोरम

राजनीतिक क्रान्तिमा मिडियाको महत्वपूर्ण भुमिका : पूर्व प्रम खनाल

९  जुलाई , दक्षिण कोरिया । आइक्याप मिडिया फोरम र युरोप एसिया राजनीतिक फोरम दक्षिण कोरियाको राजधानी सोलमा शुरु भएको छ ।

एसियाली राजनीतिक पार्टीहरुको सम्मेलनको स्थायी कमिटीको २८ औं बैठकको क्रममा यो कार्यक्रम आयोजना गरिएको हो ।

उद्घाटन शत्रमा आइक्याप स्ट्यान्डिङ कमिटीका अध्यक्ष तथा फिलिपिन्सका पूर्व सभामुख जोसे डे भिनेसियाले आइक्याप र मिडिया फोरम स्थापनाको सन्दर्भ कोट्याउदैं कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका विषयमा पनि बोलेका थिए ।

मिडिया सम्मेलनको उद्घाटन सत्रमा दक्षिण कोरियाका रिपब्लिकन पार्टीका पूर्व महासचिव तथा नेता र आइक्याप मेडिया फोरमका सहअध्यक्ष ह्वाङ जिन्हा, डेमाक्राटिक पार्टीकी पूर्व विपक्षी नेतृ पार्क सोक उनले दक्षिण कोरियाको राजनीतिक अवस्था मिडियाको भूमिका र आइक्याप मेडिया फोरमको सन्दर्भलाई जोड्नु दिइन ।

राजनीतिक क्रान्तिमा सोसियल मिडियाको महत्वपूर्ण भूमिका :  खनाल

आइक्याप मिडिया फोरमको पहिलो सेसनमा मिडिया र प्रजातान्त्रिकरणमा नेकपा एमालेका बरिस्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुख्य बक्ताका रुपमा आफ्ना विचारहरु राखेका थिए ।

उनले दक्षिण कोरिया र नेपालमा प्रजातान्त्रिकरण आन्दोलनमा मिडियाको समान भूमिकाबारे उल्लेख गर्दै साँचो प्रजातान्त्रिकरणमा मिडियाले संसारभरी महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले सोसियल मिडियाले राजनीतिक र सामाजिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको र यसलाई अझ सामाजिक उत्तरदायी मिडियाका रुपमा विकास गर्दै जानु पर्ने बताए ।

उक्त सत्रमा आइक्याप स्ट्यान्डिङ कमिटी सदस्य तथा पाकिस्तान मुस्लिम लिग (क्यू) का महासचिव मुसाहिद हुसेन, भारतीय काग्रेसका नेता अनिल शास्त्री, भारतीय जनता पार्टीका नेता विजय जोली लगायत एशियाका मिडिया हाउसका प्रतिनिधी र पत्रकारहरुले आफ्ना धारणाहरु राखेका थिए ।

उक्त सेशनको अध्यक्षता आइक्याप मिडिया फोरमका उपाध्यक्ष रामनमामोडोभले गरेका थिए । एसिया युरोप राजनीतिक फोरम जुलाई ९ र १० मा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment