Comments Add Comment

दैलेखका राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

२५ असार, कालिकोट । दैलेख र कालिकोट जिल्लाको सिमानामा रहेका लोपोन्मुख राउटेलाई जिल्ला समन्वय समिति दैलेखले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दैलेखको कुसापानीमा बसोबास गरिरहेका १५० जना राउटेलाई जेठ र असार महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

राउटे बस्तीमै पुगेर प्रतिब्यक्ति ४ हजार रुपैयाँको दरले सामाजिक सुरुक्षा भत्ता वितरण गरेको जिल्ला समन्वय समितिका प्रमुख डिलाराम पन्थीले बताए ।

पन्थीका अनुसार राउटेहरु जीवन यापनको परम्परागत शैली त्यागेर नयाँ काम गर्न इच्छुक छन् । त्यसैले राउटेहरुका लागि नयाँ योजना ल्याउने उनको भनाइ छ ।

उनले भने, ‘लोपोन्मुख राउटे जातीबारे विगतमा सुनेको भन्दा राउटे बस्तीमा धेरै फरक पाएँ । उहाँहरु पनि आफ्नो जीवनयापन गर्नका लागि केही काम गर्न इच्छुक रहेको पाएँ । यस तर्फ जिल्ला समन्यवय समितिले पनि केही योजना ल्याउने सोच बनाएको छ ।’

सामाजिक सुरक्षा भत्ता वितरण गर्न प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, जिल्ला न्यायाधीश प्रकाश पाण्डे, जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी केदार रजौरे लगायत राउटे बस्तीमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment