Comments Add Comment

अटो लोनको सीमा बढ्यो, सवारी किन्दा ३५ प्रतिशत ‘डाउनपेमेन्ट’ भए पुग्ने

२५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले अटो लोनमा गरेको कडाईलाई खुकुलो गरेको छ । मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) लाई राष्ट्र बैंकले घटाएको छ ।

आगामी आर्थिक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले निजी सवारीको अटोमा जाने कर्जामा मूल्यको ६५ प्रतिशतसम्म मात्र बैंकहरुले लगानी गर्न पाउने व्यवस्था गरेको हो । आर्थिक वर्षको लागि मौदि्रक नीति सार्वजनिक गर्दै गभर्नर चिरञ्जीवि नेपालले यस्तो जानकारी गराए।

यदि १ करोड रुपैयाँ पर्ने गाडी किन्नु पर्दा अब बैंकहरुले ६५ लाख रुपैयाँमात्र ऋण सुविधा दिनेछन् ।  ग्राहकले ३५ लाख डाउन पेमेन्ट गर्नुपर्नेछ । यो सीमा निजी अटो लोनमा मात्रै हो ।

सार्बजनिक सवारी साधन, सेवाको लागि प्रयोग हुने र भौतिक पूर्वाधारमा प्रयोग हुने सवारी साधनमा भने यो सीमा लाग्ने छैन ।

बैंकहरुले सवारी साधनको कर्जा दिँदा ९० प्रतिशतसम्म कर्जा सुविधा दिएको देखिएको भन्दै राष्ट्र बैंकले यसअघि ५० प्रतिशतमा झारेको थियो ।

राष्ट्र बैंकको अनुसार चालु आर्थिक १० महिनामा बैंकहरुले अटोतर्फ १ खर्ब ५० अर्ब कर्जा लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment