Comments Add Comment

संशोधन विधेयक परिर्माजन गर्नु पर्ने संघीय फोरमको माग

२५ असार, काठमाडौं । संघीय समाजवादी फोरमले संसदमा विचाराधीन संविधान संशोधन विधयेक परिमार्जनको माग गरेको छ । सरकारले संशोधन विधेयक निर्णयार्थ पेश गर्ने तयारी गरिरहेका बेला फोरमले यो अपर्याप्त रहेको बताएको छ ।

सघीय फोरमको पदाधिकारी बैठकले संविधान संशोधनको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

तर, संघीय गठबन्धन तथा मधेशी मोर्चाद्धारा प्रस्तुत २६ बुँदे प्रस्तावका आधारमा राष्ट्रिय समस्याहरुको समाधान र सम्बोधन हुने गरी संशोधन गरिनु पर्ने उसले बताएको छ ।

‘तत्कालीन परिस्थितिमा स्थानीय तहको निर्वाचनमा सहभागिताको प्रयोजनका लागि स्थानीय तहको निर्वाचन अगावै संसदमा पेश गरिएको अधूरो र अस्पष्ट संविधान संशोधन विधेयकले राष्ट्रिय समस्याहरुको समाधान नहुने भएको हुँदा उक्त विधेयकलाई समस्याहरुको समाधान हुनेगरी परिमार्जन गरी संविधान संशोधन एवं पुनर्लेखन गरिनु पर्छ’ संघीय समाजवादी फोरमले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment